हत्या गरी फरार रहेका ‘जोगी’ वृद्धाश्रमबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
हत्या गरी फरार रहेका ‘जोगी’ वृद्धाश्रमबाट पक्राउ

सारांश

  • तनहुँको देवघाटमा एक युवकको हत्या गरी फरार रहेका जोगी भनिने लोक बहादुर महत पक्राउ परेका छन्।
  • महतलाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले चितवनको देवघाटस्थित वृद्धाश्रमबाट पक्राउ गरेको हो।
  • गत २०८२ असार ५ गते बिहान करिब ५ बजे तनहुँ देवघाट गाउँपालिका–५, बद्रिमुक्ती टोलमा ३२ वर्षीय प्रकाश पौडेलको मादक पदार्थ सेवन गरेका व्यक्तिहरूले कुटपिट गरी हत्या गरेका थिए।

७ असार, तनहु ।

तनहुँको देवघाटमा एक युवकको हत्या गरी फरार रहेका जोगी भनिने लोक बहादुर महत पक्राउ परेका छन्। महतलाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले चितवनको देवघाटस्थित वृद्धाश्रमबाट पक्राउ गरेको हो। गत २०८२ असार ५ गते बिहान करिब ५ बजे तनहुँ देवघाट गाउँपालिका–५, बद्रिमुक्ती टोलमा ३२ वर्षीय प्रकाश पौडेलको मादक पदार्थ सेवन गरेका व्यक्तिहरूले कुटपिट गरी हत्या गरेका थिए।

उक्त घटनामा संलग्न रहेका जिल्ला पाल्पा तानसेन नगरपालिका–८ नयाँपाटी निवासी २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौडा उपमहानगरपालिका–३ हटिया निवासी ४२ वर्षीय राम लामा सो दिन पक्राउ परेका थिए।  घटनामा संलग्न रहेका महोत्तरी बर्दिवास नगरपालिका–१ निवासी ४६ वर्षीय महत भने वारदातपछि फरार थिए। प्रहरी चौकी देवघाट तनहुँबाट प्रहरी निरीक्षक उदयराज पौडेलको कमान्डमा खटिएको चार सदस्यीय टोलीले चितवन भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रममा लुकेर बसेको अवस्थामा महतलाई असार ७ गते बिहान पक्राउ गरेको हो। हाल उनलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीमार्फत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिसहित अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण
अध्ययनका लागि १ महिनामै विदेशियो १४ अर्ब ३१ करोड
अध्ययनका लागि १ महिनामै विदेशियो १४ अर्ब ३१ करोड
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
गायक उदित नारायणको घरमा आगलागी, एकको मृत्यु
गायक उदित नारायणको घरमा आगलागी, एकको मृत्यु
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने