काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव

सारांश

  •   खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौं उपत्यकावासीका घरघरमा २४ सैं घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताएका छन् ।
  •   शनिबार बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौं उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौंवासीले अब वर्षा र हिउँदका कुनै पनि मौसममा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको अभाव भोग्नु नपर्ने तथा मेलम्चीको पानी दैनिक रुपमा वितरण गरिने विश्वास दिलाएका हुन् ।
  • उनले भने, “काठमाडौंवासीलाई स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा खानेपानी ट्याङ्की निर्माण गरी परीक्षण कार्यपनि सफल भएको छ ।

७ असार, काठमाडौं । 

खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौं उपत्यकावासीका घरघरमा २४ सैं घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताएका छन् ।  शनिबार बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौं उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौंवासीले अब वर्षा र हिउँदका कुनै पनि मौसममा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको अभाव भोग्नु नपर्ने तथा मेलम्चीको पानी दैनिक रुपमा वितरण गरिने विश्वास दिलाएका हुन् ।

उनले भने, “काठमाडौंवासीलाई स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा खानेपानी ट्याङ्की निर्माण गरी परीक्षण कार्यपनि सफल भएको छ । अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंमा वितरण हुने छ ।”विगतका वर्षमा माघ महिनामा मात्रै काठमाडौंमा मेलम्चीको पानी आउने गरेको उदाहरुण भएपनि आफुले खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि असोज महिनामै यहाँ पानी ल्याएर खुवाउन सफल भएको उनको भनाई छ । मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिसत नागरिकलाई स्वच्छ र दिगो खानेपानी सेवाको पहुँच पुर्‍याउन आवश्यक रणनीति बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । उनले भने,“खानेपानीलाई मानवअधिकारको रूपमा सुनिश्चित गर्दै, पहुँचविहीन बस्तीमा समेत समान पहुँच र गुणस्तर सुनिश्चित गर्ने हाम्रो मुख्य प्राथमिकता हो । सोही अनुसार हामीले आफ्नो काम अगाडि बढाएका छौँ ।”

‘स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ’ को परिकल्पनालाई साकार पार्ने उद्देश्यले निर्माण गरिएको यो आयोजना केवल खानेपानी आपूर्तिमै सीमित नरहने तथा यो आयोजना एक महत्वपूर्ण र रणनीतिक पाइला भएकाले यसले समग्र नगरपालिकाको विकासमा ठूलो योगदान पुर्‍याउँने मन्त्री यादवले बिश्वास व्यक्त गरे । मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्चीको बिकल्प मेलम्ची नै भएको जिकिर गरे । उनले भने, “काठमाडौंमा पानी आपूर्तिका लागि मेलम्चीको बिकल्प मेलम्ची नै हो तर वर्षाले गर्दा मेलम्चीको ढोका बन्द गर्नु परे यहाँ शिवपुरी लगायतका क्षेत्रबाट पनि थप पानी ल्याइ वितरण गरिने छ ।” काठमाडौं उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि काम एवं प्रयास भईरहेको भएपनि वन मन्त्रालय र निकुञ्जले विभिन्न कानुनी अड्चन थाप्दा समस्या उत्पन्न भइरहेको गुनासो गरे ।

उक्त खानेपानी आयोजनाको निर्माण बागमती प्रदेश सरकार अन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नं. ५, बुढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा सम्पन्न भएको जनाइएको छ । कार्यक्रममा बागमती प्रदेश खानेपानी तथा सिँचाईमन्त्री श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिका नगरप्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का वडाअध्यक्ष राम केशी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, भ्यालीबोर्डका प्रमुख डा शञ्जिबवीक्रम राणा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार
२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय : को–को माथि सुरु हुन्छ कारबाही ?
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय : को–को माथि सुरु हुन्छ कारबाही ?
७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड
७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी