१५ असार २०८२, आईतवार

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने

४ असार, काठमाडौँ । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ८ बजे सुरु हुने गरी बैठक बोलाइएको हो ।

कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्न आजको बैठक बोलाइएको हो । यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक अगाडि नै बोलाइएकोले आकस्मिक बैठक भनिएको मुख्यसचिव  कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment