हेटौंडामा होटलमा श्रीमती भेट्न पुगेका युवक मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
हेटौंडामा होटलमा श्रीमती भेट्न पुगेका युवक मृ*त फेला

सारांश

  • हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् ।
  • हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तान २ असार सोमबार राति मृत फेला परेका हुन् ।
  • उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् ।

३ असार,  हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् ।हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तान २ असार सोमबार राति मृत फेला परेका हुन् । उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् । अमित राति जल भएको घरको छतबाट खसेको प्रहरीले बताएको छ ।

मृतक मोक्तान उनलाई भेटन होटल पुगेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । होटलको तेस्रो तलस्थित छतमा पुगेका मोक्तान रेलिङबाट अचानक खस्न गई भुईंमा लडेको प्रहरीलाई भनिएको छ । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई राति नै चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको थियो । उनलाई मंगलबार बिहान भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले बताए । प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको डिएसपी अर्याल बताउँछन् । मृतक मोक्तानको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक, २०८१
राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक, २०८१
बालेन शाहद्वारा मतदान बहिष्कार
बालेन शाहद्वारा मतदान बहिष्कार
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन