नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
२७ कार्तिक, काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । आज बसेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री शर्माले बताइन् । यसको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले आवश्यक पहल गर्ने उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1