सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
४७ पटक हेरिएको
Shares
मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन

सारांश

  • मकवानपुरको मनहरी गाउँपालिकामा पाँच वटा पक्की पुल निर्माण भएको छ ।
  • २०७७ सालमा एकैपटक ठेक्का लगाएर काम सुरु भएका ५ वटा पक्की पुल पाँचै वर्ष अवधि लगाएर भर्खरै निर्माण सम्पन्न भएका छन् ।
  • विगतमा झोलुङ्गे पुलले सिंगै गाउँलाई जोडेको मनहरीमा स्थानीय सरकार स्थापनाको ८ वर्षमा पक्की पुल बनेका हुन् ।

१ असार, हेटौंडा ।

मकवानपुरको मनहरी गाउँपालिकामा पाँच वटा पक्की पुल निर्माण भएको छ । २०७७ सालमा एकैपटक ठेक्का लगाएर काम सुरु भएका ५ वटा पक्की पुल पाँचै वर्ष अवधि लगाएर भर्खरै निर्माण सम्पन्न भएका छन् । विगतमा झोलुङ्गे पुलले सिंगै गाउँलाई जोडेको मनहरीमा स्थानीय सरकार स्थापनाको ८ वर्षमा पक्की पुल बनेका हुन् । पाँच वटै पक्की पुलको निर्माण मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट गरेको हो ।

जिल्लाको ८ वटा गाउँपालिकामध्ये सबैभन्दा ठूलो राजश्व स्रोत भएको पालिका हो, मनहरी । गाउँपालिकाले निर्माण गरेको पाँच वटा पुलले ४ वटा वडाहरुलाई जोड्छ । ती सबै वडा तरकारी उत्पादनको पकेट क्षेत्र हुन् । आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । पाँच वटा पुलमध्ये २ वटा पक्की पुलको शनिवार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् । बानियाँले मनहरी–३ मा पर्ने हाँडिखोला र ठाडोखोलामा निर्माण गरिएको पुलको उद्घाटन गरेका हुन् । ३५ मिटर लम्बाईको हाँडिखोला पुल भैरव/नारायणम जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरेको छ । ९० मिटर लम्बाई ८.४० मिटर चौडाइको ठाडोखोला पुल हिराचन/बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी काम गरेको थियो ।

पाँच वटामध्ये ३ वटा पक्की पुल गत वर्ष नै सम्पन्न भएर उद्घाटन गरिएको थियो । मनहरी–३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल, ३ र ४ नम्बर वडा नै जोड्ने मसिने खोला पुल मनहरी १ र २ जोड्ने च्यापलखोला पुल गतवर्ष जेठमा उद्घाटन भएको हो । ट्वाङ्ग्रा खोला पुल ६ करोड ४९ लाख ६० हजार रुपैयाँमा, मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा र च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा निर्माण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । तीन वटै पुल निर्माणको काम बानियाँ/हिराचन जेभीले गरेको हो । बााँनिया निर्माण सेवा, सांसद इन्द्रबहादुर बानियाँकै कम्पनी हो । उनै बानियाँले पुलको उद्घाटन गरेका छन् । यहि क्षेत्रबाट उनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । गाउँपालिकाले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि २०७७ मा ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
वीरगन्जमा ठूलो परिमाणमा चरेस बरामद, तस्कर फरार
वीरगन्जमा ठूलो परिमाणमा चरेस बरामद, तस्कर फरार
इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित
इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा पहिरो, आवतजावत ठप्प
काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा पहिरो, आवतजावत ठप्प
चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री अनुबन्धित
चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री अनुबन्धित
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ
अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ