स्कुटर दुर्घटना हुँदा एक जनाको मृ*त्यु
३१ जेठ, मोरङ ।
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडामा श्रीमानले चलाइरहेको स्कुटर दुर्घटना हुँदा पछाडि सवार उनकी श्रीमतीको मृत्यु भएको हो।
आमबारी–उर्लाबारी सडक खण्डअन्तर्गत कादुपाडाबाट रंगेलीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ७५५४ नम्बरको स्कुटरको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रतुवामाई–६ की ५६ वर्षीय विष्णुकुमारी खड्काको मृत्यु भएको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment