रौतहटको मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृ*त्यु
२९ जेठ, रौतहट :
पूर्व-पश्चिम राजमार्गअन्तर्गतको चन्द्रपुर- १ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान दुर्घटनामा परेर मंगलपुर १ का ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिए ।
‘अपरिचित गाडीले ठक्कर दिएका कारण लिम्बुको मृत्यु भएको हो, हालसम्म गाडीको नाम र नम्बर पत्ता नलागेका कारण प्रहरीले गाडी पत्ता लगाउने काम गरिरहेको छ,’अधिकारीले भने । स्थानीयले मृतकको शव उठाउन नमान्दा अहिले पूर्व-पश्चिम राजमार्गमा गाडी रोकिएका छ्न् । गाडी खुलाउन प्रयास भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment