लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी
१५ असार, काठमाडौं ।
एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरूद्ध खेल्ने नेपाली महिला टोलीको प्लेइङ-११ सार्वजनिक भएको छ । रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिन लागेको हो । रेनुका नेपालको कप्तान यसअघि पनि भइसकेकी मिडफिल्डर हुन् । उनी घाइते भएर मैदान बाहिर रहेको बेला अन्जिला तुम्बापो सुब्बाले कप्तानी पाएकी थिइन् । उनी आजको खेलमा भने बेञ्चमा छिन् ।
नेपाली टोली
गोलकिपर : अन्जना रानामगरडि फेन्डर : समीक्षा घिमिरे, गीता राना, निशा थोकर मिडफिल्डर : रेनुका नगरकोटी (कप्तान), सरु लिम्बू, सरस्वती हमाल, सविता राना, अनिता बस्नेत फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment