१५ असार २०८२, आईतवार

१५ असार, काठमाडौं । 

नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको छ । आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकमा मुख्यरुपमा गठबन्धनको सरकारका साथै भातृसंस्थाका बिषयमा छलफल हुने उनले बताए । केन्द्रीय कार्यसमितिमा केन्द्र सरकारमा रहेका मन्त्रीहरुका साथै प्रदेश सरकारमा सहभागी भएकाहरुले सरकारका कामकारवाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको प्रवक्ता महतले जानकारी दिए । उनले क्रियाशिल सदस्यता बितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तय भएको उल्लेख गरे । त्यस्तै तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा निर्णय लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment