प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित

सारांश

  • भैरहवाको एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४४ ओभरमा १७४ रन बनाउँदै अलआउट भएको थियो।
  •   एपिएफले दिएको १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.
  • २ ओभरमा ७४ रन बनाउँदै अलआउट भएको हो।

 

२५ फागुन,  काठमाडौं : प्रधानमन्त्री कपमा बागमती प्रदेशलाई १०० रनले हराउँदै एपीएफले विजयी सुरुवात गरेको छ। भैरहवाको एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४४ ओभरमा १७४ रन बनाउँदै अलआउट भएको थियो।  एपिएफले दिएको १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भएको हो।

बागमतीका लागि शुभ कंसाकरले मात्रै दोहोरो अंकमा रन बनाए। शुभले २४ बलमा २ चौकासहित १६ रन बनाए। इशान पाण्डेले २९ बलमा ८ रन बनाए। कप्तान पृथु बास्कोटा १ रनम्र क्याच आउट भए। नन्दन यादवले ९ रन बनाए। एपिएफका लागि कमल सिंह ऐरीको बलिङ निकै घातक सावित भयो। एपिएफको मध्यम लक्ष्य जोगाउन मद्दत गर्‍यो।  कप्तान रोहित पौडेल र अमर सिंह रौतेलाले समान २–२ विकेट लिए। अभिनास बोहोराले १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए। एपीएफका ओपनर ब्याटर लोकेश बम डक आउट र अर्का ओपनर आसिफ शेख १ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान रोहित पौडेलको ब्याटबाट पनि दोहोरो अंकमा रन बन्न सकेन।

तेस्रो क्रमका ब्याटर दिपक बोहोराले ४५ बलमा १ चौकासहित २५ रन बनाए। त्यसपछि समित महर्जन, भुवन कार्की दुवै सस्तैमा समेटिए। कमल सिंह ऐरीले ६१ बलमा १५ रन बनाए। अमर रौतेलाले ४३ बलमा ३ चौका सहित २६ रनमा अविजित रहे। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।  बागमतीका रिजन ढकालको उत्कृष्ट स्पेलले एपिएफ सस्तैमा अलआउट बनाएका थिए। रिजनले ८ ओभरमा २ मेडनसहित ३० रन खर्चिएर ५ विकेट लिएका हुन्। नन्दन यादवले ३ विकेट लिए। सुर्य तामाङले २ विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरू आन्दोलित
सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरू आन्दोलित
घर फर्किन पाउँदा खुसी लागेको छ : थापा
घर फर्किन पाउँदा खुसी लागेको छ : थापा
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै
यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु
रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु
भरतपुर विमानस्थलको टर्मिनल भवनको काम पुन: सुरु
भरतपुर विमानस्थलको टर्मिनल भवनको काम पुन: सुरु
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको प्रचण्डको आरोप
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको प्रचण्डको आरोप
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा