सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
२३ पटक हेरिएको
Shares
सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

सारांश

  • सत्तापक्ष र प्रतिपक्षी दलहरू आज पनि सहमतिमा पुग्न नसक्दा संसद बैठक सन्चालन अन्योलमा परेको छ ।
  • संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको संयुक्त बैठक बसेको थियो ।
  • तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

२८ जेठ, काठमाडौं ।

सत्तापक्ष र प्रतिपक्षी दलहरू आज पनि सहमतिमा पुग्न नसक्दा संसद बैठक सन्चालन अन्योलमा परेको छ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको संयुक्त बैठक बसेको थियो ।

तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो । सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा छन् । कांग्रेसको नेतृत्व उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रको नेतृत्व वर्षमान पुनले गरेका छन् ।

सत्तापक्षसँगको छलफल अघि प्रतिपक्षी दलहरुको अलग्गै बैठक बसेर रास्वपाले राखेको पाँच बुँदे प्रस्ताव ग्रहण गरेको थियो । साथै सोही प्रस्तावमा सत्ता पक्षलाई पनि मनाउन प्रयास गर्ने निर्णय गरेको थियो । रास्वपाको प्रस्तावमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विषयलाई प्रमुखताका साथ उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी
सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै। 
गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै। 
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार
एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प