प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

सारांश

  • नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन् ।
  • उनीहरूलाई जिल्ला प्रहरी परिसर काडमाडौंको टोलीले पक्राउ गरेको हो ।

२८ जेठ, काठमाडौ ।

नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काडमाडौंको टोलीले पक्राउ गरेको हो ।

हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए । पक्राउ परेकामध्ये ज्ञानु २० फागुन २०७० मा हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति रहेको प्रहरीले बताएको छ । यसअघि १६ वैशाख २०७० मा परिसर काठमाडौंबाटै सार्वजनिक अपराधमा र ५ कात्तिक २०६७ मा जुवासम्बन्धी कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
चन्द्रमामा पुग्न सफल भएको भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ ।
रवि लामिछानेलाई आजै पोखरा लगिने
रवि लामिछानेलाई आजै पोखरा लगिने
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना हुँदा ६ जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना हुँदा ६ जना घाइते
कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा
कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा