काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ

सारांश

  •   काठमाडौं महानगरपालिकाको इन्धन खर्च २२ करोड ६७ लाख ७५ हजार ६१४ रुपैयाँ ७३ पैसा रहेको छ ।
  • महालेखा परीक्षकको कार्यालयको ६२औँ प्रतिवेदनले मापदण्डविपरीत सो रकम खर्च भएको औंल्याएको हो ।
  •   महालेखाका अनुसार, अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका, २०७७ को बुँदा ७, १, १६ अनुसार सवारीसाधन सुविधा पाउने पदाधिकारीलाई इन्धन सुविधा पाउने गरी मापदण्ड तयार गरेको छ ।

२७ जेठ, काठमाडौं । 

काठमाडौं महानगरपालिकाको इन्धन खर्च २२ करोड ६७ लाख ७५ हजार ६१४ रुपैयाँ ७३ पैसा रहेको छ । महालेखा परीक्षकको कार्यालयको ६२औँ प्रतिवेदनले मापदण्डविपरीत सो रकम खर्च भएको औंल्याएको हो ।  महालेखाका अनुसार, अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका, २०७७ को बुँदा ७, १, १६ अनुसार सवारीसाधन सुविधा पाउने पदाधिकारीलाई इन्धन सुविधा पाउने गरी मापदण्ड तयार गरेको छ ।

महानगरपालिकामा टिपर, ट्रक, ट्यांकर एक्साभेटर, लोडर, ब्रुमर लगायतका विभिन्न प्रकारका सवारीसाधन रहेकोमा सवारीसाधनको लागि पाउने इन्धन सुविधा सम्बन्धमा मापदण्ड कार्यविधि बनाएको छैन । मापदण्ड बनाएर इन्धन खर्च गर्नुपर्ने महालेखाले जनाएको छ । महानगरपालिकाबाट महालेखालाई प्राप्त विवरणअनुसार, हाल रहेको मोटरसाइकल १२७, फोहोर ढुवानी गर्नेको लागि टिपर ५८, कन्टेनर पाँच, ट्रक १३, फोहोर व्यवस्थापन कार्यको लागि लोडर तीन, एक्साभेटर तीन र डोजर दुई, ढल खोल्ने कार्यमा प्रयोगको लागि जेटिङ ट्रक

चार, जेट दुई, पानी ढुवानी तथा छर्कने कार्यको लागि जेट एक, जेटिक ट्रक दुई र ट्यांकर ६, सडक बढ्ने कार्यको लागि इटालियन ब्रुमर सात र चाइनिज ब्रुमर दुई वटा सञ्चालनमा रहेका छन् ।  त्यस्तै, महानगर प्रहरी बलले प्रयोग गर्दै आएको ट्रक पाँच, मिनि ट्रक दुई, टाटा मोबाइल डीआई तीन, टाटा पिक जेनन तीन, टाटा पिक अप योदा दुई, टाटा टेल्को लाइन तीन, फोटोन पिकअप तीन र निशान किक्स एक, विभिन्न शाखा तथा महाशाखामा प्रयोग भएका कार ३९, फोटन पिक दुई, निशान किक्स तीन गरी जम्मा ३०४ सवारीसाधन सञ्चालनमा रहेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?