महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
१०१ पटक हेरिएको
Shares
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ

सारांश

  • महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पोखराबाट पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरुमा तीन भारतीय र एक नेपाली नागरिक छन् ।
  • जसमा भारत बिहारका २२ वर्षीय मनोज कुमार सिंह, २७ वर्षीय करन कुमार शाह, ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका–२ का ३१ वर्षीय श्यामकुमार तामाङ छन् ।

२७ जेठ, काठमाडौं ।

महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पोखराबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा तीन भारतीय र एक नेपाली नागरिक छन् । जसमा भारत बिहारका २२ वर्षीय मनोज कुमार सिंह, २७ वर्षीय करन कुमार शाह, ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका–२ का ३१ वर्षीय श्यामकुमार तामाङ छन् ।

यो समूहले विभिन्न ठाउँबाट पटक पटक भाँडावर्तन र तामाका तारहरु चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए । ८ जेठ २०८२ मा पोखराको छिनडाँडास्थित नेपाल टेलिकमको कपर केवल र अन्य घरासयीका सामानहरु चोरी भएको भन्दै नेपाल टेलिकमले प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानका क्रममा चोरी गरिएका ती सामानहरु कवाडीमा बेच्ने गरेको खुलेपछि २३ जेठमा प्रहरीले मनोज कुमार सिंहले सञ्चालन गरेको कवाडी खानामा छापा मारेको थियो । सो क्रममा उनीहरुलाई पक्राउ परेका हुन् ।

पक्राउ परेका चार जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए । उनीहरुको कारखानबाट प्रहरीले ८२ किलो तामाको तार, साढे २ किलो आल्मुनियम, पित्तलका धाराका टुटी ५१ थान (१६ किलो), पित्तलको सकेट ९७ वटा (१८ किलो), पित्तलको गेटबल १०५ वटा (८५ किलो), नक्कली गरगहना २१ किलो, तामाका कलश १० थान, चरेश कचौरा ३ थान, चरेश दियो बाल्ने पाला ३ थान, चरेश कलश १ थान, तामाको पानी पिउने फिल्टर १ थान र तामाको तार साढे १ किलो बरामद भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?