Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक, २०८१

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक, २०८१

सारांश

  •   पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।
  • सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले समर्थन गर्दै अनुमोदन गरेको हो।
  • यसअघि, ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको थियो।

२६ जेठ, काठमाडौं । 

पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले समर्थन गर्दै अनुमोदन गरेको हो। यसअघि, ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको थियो।

छलफलमा सांसदहरू सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्मा सहभागी भएका थिए। छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री दाहालले यो विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालनको कानुनी आधार तयार गर्ने र समुद्रसम्मको सम्भावित पहुँचको ढोका खोल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?