बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई ३२३ रन लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई  ३२३ रन लक्ष्य

सारांश

  • कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कले विस्फोटक फिनिसिङ गर्दै अविजित ९६ रन बनाएपछि आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्याण्डसँगको खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ ।
  • डुन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाउँदै नेपाललाई ३२४ रनको बलियो लक्ष्य दिएको हो ।
  • यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।

२५ जेठ, काठमाडौं ।

कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कले विस्फोटक फिनिसिङ गर्दै अविजित ९६ रन बनाएपछि आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्याण्डसँगको खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । डुन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाउँदै नेपाललाई ३२४ रनको बलियो लक्ष्य दिएको हो । यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्का मद्दतले १०२ रनमा रनआउट भए ।

माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे । ओपनर चार्ली टियरले ६८ रन बनाए । नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । त्यस्तै ललित राजवंशीको नाममा १ विकेट रह्‍यो । नेपालले यसअघि पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसपछिको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो । लिग २ मा १४ खेल खेलेको नेपाल १० अंकसहित सातौंमा छ । स्कटल्याण्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ । लिग २ मा ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोलीले सन् २०२७ को ओडिआई विश्वकपको छनोटमा सोझै स्थान बनाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित
एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृ*त्यु
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृ*त्यु
वर्ल्डलिङ्कले बुझायो दुई अर्ब १५ करोड बक्यौता
वर्ल्डलिङ्कले बुझायो दुई अर्ब १५ करोड बक्यौता
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
बिहेमा झडप हुँदा युवकको मृत्यु
बिहेमा झडप हुँदा युवकको मृत्यु
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ