विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
२५ जेठ, काठमाडौं ।
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रौतहटका ३५ वर्षीय हरिकृष्ण ठाकुर, नवलपसारीका ४१ वर्षीय रिना गुरौ र काभ्रेका ५५ वर्षीय कविराज सिपखान छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
ठाकुरले कतार पठाउने भन्दै १ लाख, गुरौले कुवेत र पोर्चुगल पठाउने भन्दै १८ लाख ५५ हजार र सिखपानले यूके पठाउने भन्दै ४१ लाख १४ हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment