करणले केसी लिए नेपालका लागि दोस्रो विकेट
२५ जेठ, काठमाडौं ।
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृंखलाको तेस्रो खेलमा करण केसीले नेपालका लागि दोस्रो विकेट लिएका छन्। उनले स्कटल्यान्डका ओपनर जर्ज मुन्सेपश्चात ब्रान्डन म्याकमुलेनलाई पेभेलियनको बाटो देखाए।
उनले १.५ ओभरमा कुशल भुर्तेलको हातमा मुन्सेलाई क्याच आउट गराएका थिए। त्यसपछि उनले ५.४ ओभरमा ब्रान्डन म्याकमुलेनलाई दीपेन्द्र सिंह ऐरीको हातमा क्याच गराए। २ ओभर सकिँदा स्कटल्यान्डले १ विकेट गुमाउँदै १ रन मात्रै बनाएको थियो। ६ ओभर सकिँदा स्कटल्यान्डले २ विकेट गुमाउँदै २५ रन बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment