यस्ता छन् सार्वजनिक लेखा समितिका निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
यस्ता छन् सार्वजनिक लेखा समितिका निर्णय

सारांश

  • प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ ।
  • सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिनुभयो ।
  • बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनि आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ ।

२३ जेठ, काठमाडौं ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिनुभयो ।

बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनि आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ । स्तै, बेरुजु फरछ्यौटका सम्बन्धमा तीन तहकै जनप्रतिनिधिको सहभागितामा असार ९ र १० गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । गोष्ठीमा सबै प्रदेशका सार्वजनिक लेखा समिति सभापति र सचिव, विज्ञ, महालेखा परीक्षकको, कार्यालय, नगरपालिका र गाउँपालिका महासङ्घका प्रतिनिधि सहभागी हुनुहुनेछ ।

सभापति पोखरलेले बेरुजु फर्छ्यौटमा स्थानीय तहदेखि सङ्घसम्मको समग्र अवस्थाबारे जानकारी लिँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा रायसुझाव लिने उद्देश्यले गोष्ठी गर्न लागिएको जानकारी दिनुभयो । बैठकले भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन समितिले थप अध्ययनका लागि स्थलगत अवलोकन गर्ने माग गरेकामा स्वीकृत प्रदान गरेको छ । यस वर्ष मौसम केही जटिल हुने प्रक्षेपण गरिएकाले पूर्वतयारी प्रतिकार्यलाई चुस्त र व्यवस्थित तुल्याउन सरकारलाई सुझाव दिँदै समितिले आगामी धान बालीका लागि किसानलाई रासायनिक मलको अभाव हुन नदिन उचित व्यवस्थानमा लाग्न निर्देश गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना
सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना
राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता
राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
असार १५ : आज राष्ट्रिय धान दिवस मनाइँदै , किसानलाई मलकै पिरलो
असार १५ : आज राष्ट्रिय धान दिवस मनाइँदै , किसानलाई मलकै पिरलो
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृ*त्यु
कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृ*त्यु
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने