आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
२१ जेठ, काठमाडौं ।
संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बुधबार दिनको १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन् । यसैगरी आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने छन् ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment