समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
५४ पटक हेरिएको
Shares
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएकै दिनबाट सडकमा कुनै आन्दोलन नै देखा नपर्ने दाबी गरेका छन् ।
  • ‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूले विश्राम लिन उपयुक्त हुने बताए ।
  • गणतन्त्रको सबैभन्दा आधारभूत विषय भनेकै राजनीतिक दल नै भएको भन्दै उनले दलभित्र एउटै व्यक्तिहरू नेतृत्वमा रहिरहेको घटना नेपालमा बाहेक विरलैमात्र देखिने बताए ।

१७ जेठ,  काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएकै दिनबाट सडकमा कुनै आन्दोलन नै देखा नपर्ने दाबी गरेका छन् । ‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूले विश्राम लिन उपयुक्त हुने बताए । गणतन्त्रको सबैभन्दा आधारभूत विषय भनेकै राजनीतिक दल नै भएको भन्दै उनले दलभित्र एउटै व्यक्तिहरू नेतृत्वमा रहिरहेको घटना नेपालमा बाहेक विरलैमात्र देखिने बताए ।

महामन्त्री थापाले भने, ‘जहाँ चाहिँ समाजले अस्वीकार गरेको कुनै व्यक्ति, म पात्रमा भएको होइन । यति लामो समयसम्म एउटै अनुहार एउटै भूमिकामा रहने चाहिँ विरलैमात्र हुन्छ होला । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या नै यही हो । मैले खुला भनेको छु, नेपालका ठूला पार्टीका ठूला नेताहरूले आजको दिनबाट हामीले आआफ्नो दलबाट विश्राम लियौँ भन्नुभयो भने आजकै दिनबाट यो आन्दोलन केही बाँकी रहँदैन । सबै घर फर्किन्छन् ।’ उनले नेपालमा केही भएको छैन भन्ने भाष्यको खण्डन गरे । उनले विकृत राजनीतिक गठबन्धनको संस्कृतिबाट पनि मुक्त हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराउँदा नगरपालिकाले ५ हजार दिने
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराउँदा नगरपालिकाले ५ हजार दिने
कहिले खोल्छ सर्वाेच्चले गगनको मुखमा लगाएकोे ताला ?
कहिले खोल्छ सर्वाेच्चले गगनको मुखमा लगाएकोे ताला ?
कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की
कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए
तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा
तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
शिक्षक आन्दोलनका कारण एकीकृत समाजवादीको बैठक स्थगित
शिक्षक आन्दोलनका कारण एकीकृत समाजवादीको बैठक स्थगित
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ
प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता
प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता