२६ जेष्ठ २०८२, आईतवार

बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल

१६ जेठ, काठमाडौं ।  

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा विशेष ध्यान केन्द्रित हुने बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक भएको दोस्रो दिन (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले चर्चाका लागिभन्दा सन्तुलित विकासका लागि यथार्थपरक बजेट प्रस्तुत गरिएको बताए ।

कान पवित्र गर्नका लागि सुनाइएको हैन, बजेट कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु,” मन्त्री पौडेलले भने, “बजेटको आकारबारे धेरै टिप्पणी नभए पनि आम्दानी र खर्चको दृष्टिकोणबाट यो व्यावहारिक छ ।”उनले प्रस्तुत बजेट लक्ष्य हासिल गर्नसक्ने सीमाभित्र रहेको समेत स्पष्ट गरे । जीडीपीको ५.५ प्रतिशतको अनुपातमा आन्तरिक ऋण उठाउने सीमा तोकिएको भए पनि त्यसलाई सबै  उपयोग नगरिएको उनले बताए । विकास निर्माणमा वैकल्पिक स्रोतहरू पनि परिचालन गरिने जानकारी दिँदै उनले भने, “विकासका निम्ति वैकल्पिक वित्त स्रोत तथा कोषको प्रयोग गर्ने भनेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment