आज एकैदिन भूकम्पका तीन धक्का
१४ जेठ, काठमाडौं ।
आज एकै दिन भूकम्पका तीन वटा धक्का महसुस गरिएको छ । बझाङ र कास्कीमा फरक-फरक समयमा गरी तीन वटा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
यसअघि आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीकै फूलिबाङ आसपास क्षेत्रमा ४.४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment