भारत लगेर महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
१९ पटक हेरिएको
Shares
भारत लगेर महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान

सारांश

  • वैदेशिक रोजगारीमा इराक पठाउने भन्दै भारत लगेर बेच्न खोजेको आरोपमा पक्राउ परेका एक व्यक्ति कारागार चलान भएका छन् ।
  • कारागार चलान हुनेमा रसुवाको नौकुण्ड गाउँपालिका–६ का ४२ वर्षीय उर्पा तामाङ भनिने उर्पा लोप्चन छन् ।
  • कुमार तामाङ र उर्पाले एक महिलालाई इराकमा मासिक ४५ हजार रुपैयाँमा घरेलु कामदारको रूपमा पठाउने भन्दै प्रलोभन देखाएर बेच्न खोजेको आरोप छ ।

१३ जेठ, काठमाडौं ।

वैदेशिक रोजगारीमा इराक पठाउने भन्दै भारत लगेर बेच्न खोजेको आरोपमा पक्राउ परेका एक व्यक्ति कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवाको नौकुण्ड गाउँपालिका–६ का ४२ वर्षीय उर्पा तामाङ भनिने उर्पा लोप्चन छन् ।

कुमार तामाङ र उर्पाले एक महिलालाई इराकमा मासिक ४५ हजार रुपैयाँमा घरेलु कामदारको रूपमा पठाउने भन्दै प्रलोभन देखाएर बेच्न खोजेको आरोप छ । त्यसका लागि काठमाडौंमा मेडिकल समेत गराएर २५ दिनसम्म बालाजुको एक होटलमा राखेको बताइएको छ । त्यसपछि १८ जेठ २०८० मा काठमाडौंबाट भारत लैजाने क्रममा झापाको काँकडभिट्टा नाकाबाट साना हातहरू नामक संस्थाले ती महिलाको उद्धार गरेको थियो ।

पीडित महिलाले २१ जेठ २०८० मा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन् ।  त्यसपछि प्रतिवादी कुमारलाई पक्राउ गरिएको थियो । उनी अहिले पनि पुर्पक्षमा कारागारमै छन् । उर्पा भने फरार हुँदै आएका थिए । ८ जेठ २०८२ मा पक्राउ परेका उनलाई अदालत उपस्थित गराइएकोमा पुर्पक्षका लागि कारागार चलानको आदेश आएको ब्यूरोका एसपी तथा प्रवक्ता नरेन्द्र कुँवरले बताए । उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
काभ्रे-कोशीपूर्वका  दुई सडक स्तरोन्नति गरिँदै
काभ्रे-कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
बागमतीले ल्यायो ६४ अर्बको बजेट (पूर्णपाठ)
बागमतीले ल्यायो ६४ अर्बको बजेट (पूर्णपाठ)
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित
गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित

तपाईंले छुटाउनुभयो कि?