सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भारत लगेर महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
भारत लगेर महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान

सारांश

  • वैदेशिक रोजगारीमा इराक पठाउने भन्दै भारत लगेर बेच्न खोजेको आरोपमा पक्राउ परेका एक व्यक्ति कारागार चलान भएका छन् ।
  • कारागार चलान हुनेमा रसुवाको नौकुण्ड गाउँपालिका–६ का ४२ वर्षीय उर्पा तामाङ भनिने उर्पा लोप्चन छन् ।
  • कुमार तामाङ र उर्पाले एक महिलालाई इराकमा मासिक ४५ हजार रुपैयाँमा घरेलु कामदारको रूपमा पठाउने भन्दै प्रलोभन देखाएर बेच्न खोजेको आरोप छ ।

 

१३ जेठ, काठमाडौं ।

वैदेशिक रोजगारीमा इराक पठाउने भन्दै भारत लगेर बेच्न खोजेको आरोपमा पक्राउ परेका एक व्यक्ति कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवाको नौकुण्ड गाउँपालिका–६ का ४२ वर्षीय उर्पा तामाङ भनिने उर्पा लोप्चन छन् ।

कुमार तामाङ र उर्पाले एक महिलालाई इराकमा मासिक ४५ हजार रुपैयाँमा घरेलु कामदारको रूपमा पठाउने भन्दै प्रलोभन देखाएर बेच्न खोजेको आरोप छ । त्यसका लागि काठमाडौंमा मेडिकल समेत गराएर २५ दिनसम्म बालाजुको एक होटलमा राखेको बताइएको छ । त्यसपछि १८ जेठ २०८० मा काठमाडौंबाट भारत लैजाने क्रममा झापाको काँकडभिट्टा नाकाबाट साना हातहरू नामक संस्थाले ती महिलाको उद्धार गरेको थियो ।

पीडित महिलाले २१ जेठ २०८० मा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन् ।  त्यसपछि प्रतिवादी कुमारलाई पक्राउ गरिएको थियो । उनी अहिले पनि पुर्पक्षमा कारागारमै छन् । उर्पा भने फरार हुँदै आएका थिए । ८ जेठ २०८२ मा पक्राउ परेका उनलाई अदालत उपस्थित गराइएकोमा पुर्पक्षका लागि कारागार चलानको आदेश आएको ब्यूरोका एसपी तथा प्रवक्ता नरेन्द्र कुँवरले बताए । उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
सर्‍यो एमालेको सचिवालय बैठक
सर्‍यो एमालेको सचिवालय बैठक
धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ
धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द : महानिर्देशक अधिकारीलाई कारबाहीको माग
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द : महानिर्देशक अधिकारीलाई कारबाहीको माग
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा