१३ जेठको संसद् बैठक सामान्य हुने छैन : रास्वपा
११ जेठ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जेठमा बस्ने प्रतिनिधिसभाको बैठक सामान्य तरिकाले चल्न नसक्ने बताएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि प्रतिक्रिया दिने क्रममा कार्यवाहक प्रवक्ता मनीष झाले अब बस्ने प्रतिनिधिसभाको बैठक सामान्य नहुने बताए ।
मंगलबार गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू माथि उठ्का प्रश्नको जवाफ दिने बताएका छन् ।रास्वपा कार्यवाहक झाले त्यस दिनको रणनीति के हुने ? अहिले नै नभन्ने तर सहज अवस्था नहुने संकेत गरे । प्रवक्ता झाले गृहमन्त्री लेखकले गृहमन्त्रीको बोलीप्रति प्रतिवाद गर्दै प्रमाणित भए राजीनामा दिने नभई जेल जानुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment