२५ जेष्ठ २०८२, शनिबार

कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित

 

११ जेठ, कोसी ।

कोसी प्रदेशसभाको आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। सभामा मुख्यन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। बैठकले सदस्यद्वय गोम्बु शेर्पा र खिनु लिम्बूले संयुक्त रूपमा पेस गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकर गरेको छ।

नीति तथा कार्यक्रममाथिको छलफलमा ४६ जना सदस्यले भाग लिनुभएको थियो। नीति तथा कार्यक्रम पारित गर्न अनुरोध गर्दै मुख्यमन्त्री कार्कीले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्न सरकार प्रतिबद्ध छ भने। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नु प्रदेश सरकारको प्राथमिकता भएको बताउँदै राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?