कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
३४ पटक हेरिएको
Shares
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्

सारांश

  • प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका छन्।
  • नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले राजावादीहरुको आन्दोलन रोक्न जेजस्तो गर्नुपर्छ त्यस्तै तयारीमा लाग्न समेत निर्देशन दिए।
  • ‘निर्देशन पछि आउँछ।

११ जेठ, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका छन्। नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले राजावादीहरुको आन्दोलन रोक्न जेजस्तो गर्नुपर्छ त्यस्तै तयारीमा लाग्न समेत निर्देशन दिए। ‘निर्देशन पछि आउँछ।

तपाईंहरु जस्तो, जे गर्नुपर्छ, तयारी हालतमा बस्नुहोस्,’ उनको भनाइ छ, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी, कुन संस्था अगाडि लाग्छ, कुन संस्थाले आयोजना गर्नुपर्छ, त्यसलाई छोडिदिनुहोस्।’ ओलीले थपे, ‘आन्दोलनमा प्रोटोकल, स्रोटोकलको कुरा हुँदैन।’ राजावादीहरूले राजसंस्था पुर्नस्थापना गर्ने भन्दै जेठ १५ गतेदेखि आन्दोलनको घोषणा गरेका छन्।एमालेका सबै कार्यकर्ता परिचालित हुँदा कसैले रोक्न नसक्ने समेत ओलीको भनाइ छ। ‘म साथीहरुलाई भन्न चाहान्छु, निर्देशन पछि आउला,’ उनले भने, ‘यहाँबाट उठ्ने बित्तिकै १५ गतेको तयारी थाल्नुहोस्। १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। यति परिचालन भएर जनता ल्याउँदा कसले थाम्छ? कसले रोक्छ?’

राजावादीहरुको कडा आलोचना गर्दै उनले भने, ‘यिनीहरु हिजो बेलुका पनि नारायणहिटी अगाडि हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाउँदै रहेछन्। प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई मार्दा यिनीहरु कहाँ गएका थिए?’ सधै झुटा कुरा बोल्ने र चाप्लुसी गर्ने राजावादीहरुको बानी रहेको समेत ओलीले आरोप लगाए। ‘सधै झुटा, चाप्लुसी गर्ने त्यो मण्डलेहरुको बानी हो,’ उनले भने, ‘यिनीहरु कुनै महान उदेश्यका लागि लडेका छैनन्। सरकार अलि मौन बसेको र जनता अलि मौन बसेको अवस्था। त्यो अवस्थाको फाइदा लिएर उनीहरुले अनावश्यक पुर्तिफार्ती देखाएका छन्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ : हर्क साम्पाङ
सरकारको विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ : हर्क साम्पाङ
आज यी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
आज यी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
रविलाई दुई दिन प्रहरी हिरासतमै राखिने, त्यसपछि कारागार चलान
रविलाई दुई दिन प्रहरी हिरासतमै राखिने, त्यसपछि कारागार चलान
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?
घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी
को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी
काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी
सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय