२६ जेष्ठ २०८२, आईतवार

भारतका चार राज्यका पाँच विधानसभा सिटमा उपचुनावको घोषणा

 

 ११ जेठ, भारत।

भारतीय निर्वाचन आयोगले आइतबार चार राज्यका पाँच विधानसभा सिटमा उपचुनावको घोषणा गरेको छ ।आयोगले जारी गरेको विज्ञप्तिअनुसार गुजरातको काडी र विसावदर निर्वाचन क्षेत्र, केरलाको निलाम्बुर निर्वाचन क्षेत्र, पञ्जाबको लुधियाना पश्चिम निर्वाचन क्षेत्र र पश्चिम बंगालको कालीगंज निर्वाचन क्षेत्रमा उपचुनाव हुनेछ ।

आयोगले निर्वाचन सूचना मे २६ मा जारी गरिने र यससँगै निर्वाचन प्रक्रिया सुरु हुने बताएको छ । निर्वाचनमा मनोनयनको अन्तिम मिति जुन २ तारिख तोकिएको छ । यसपछि, मनोनयन पत्रहरू जुन ३ मा जाँच गरिनेछ र जुन ५ सम्म मनोनयन फिर्ता लिन सकिनेछ । आयोगले जुन १९ मा मतदान हुने र जुन २३ मा मतगणना हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?