सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु

सारांश

  • धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।
  • मृत्यु हुनेमा कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह छन् ।
  • नवनिर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जम‌ेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

 

६ जेठ, जनकपुरधाम ।

धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह छन् ।

नवनिर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जम‌ेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । करिब १५ दिन अगाडि मात्र निर्माण भएको वडा नम्बर २ को सराबे टोलस्थित कृषि सडक बनाउन थालिएको थियो । खनेको खाल्डोमा वर्षाको पानी जमेको थियो ।  घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?