Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

सारांश

  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ ।
  • आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।
  • यो एक दशमलव ८६ प्रतिशतको वृद्धि हो ।

 

६ जेठ, काठमाडौँ  ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८६ प्रतिशतको वृद्धि हो । आज तीन सय १० कम्पनीको एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता शेयर ७३ हजार ५४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३१ करोड २७ लाख ९० हजार एक सय ९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव ४२ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ९१, विकास बैङ्क दुई दशमलव ९५, वित्त दुई दशमलव ४४, जलविद्युत् दुई दशमलव ४५ र लगानी समूह दुई दशमलव ३३ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ३२, उत्पादन तथा प्रशोधन एक दशमलव ८९, लघुवित्त एक दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव ३३, निर्जीवन बीमा एक दशमलव ७४, व्यापार एक दशमलव ४९ र अन्य समूह शून्य दशमलव ८४ प्रतिशतले बढेको छ ।

सिन्धु विकास बैङ्क लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य तीन दशमलव ०९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ४१ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको १४ लाख ७२ हजार तीन सय कित्ता खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध
भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी
सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो
सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य