सर्लाहीमा बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ८ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सर्लाहीमा बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ८ घाइते

सारांश

  • सर्लाहीको लालबन्दीमा यात्रुबाहक बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
  • मृत्यु हुनेमा लालबन्दी नगरपालिका- १७ रानीगञ्ज बस्ने वीर सिंह पन्तकी २२ वर्षीया छोरी सोना पन्त छिन् ।
  • उनलाई उपचारका लागि मोडेल अस्पताल लगिएको थियो ।

५ जेठ, सर्लाही ।

सर्लाहीको लालबन्दीमा यात्रुबाहक बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा लालबन्दी नगरपालिका- १७ रानीगञ्ज बस्ने वीर सिंह पन्तकी २२ वर्षीया छोरी सोना पन्त छिन् । उनलाई उपचारका लागि मोडेल अस्पताल लगिएको थियो । तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोमबार दिउँसो ४: ४० बजेको समयमा लालबन्दी नगरपालिका- १७ रानीगञ्जस्थित पूर्व-पश्चिम राजमार्गमा ना ६ ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २६४५ नम्बरको भ्यानलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते सबै भ्यानमा सवार व्यक्तिहरू हुन् । बस चालक फरार रहेको, दुवै सवारीसाधन घटनास्थलमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला
पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
विश्व बैंकको ६० करोड अनुदानमा एकाधिकार, दुई संस्था बाहिरिए
विश्व बैंकको ६० करोड अनुदानमा एकाधिकार, दुई संस्था बाहिरिए
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु