चार सांसद चढेको गाडी दुर्घटना,

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
चार सांसद चढेको गाडी दुर्घटना,

सारांश

  • मोरङमा कोशी प्रदेशका चारजना सांसद सवार गाडी दुर्घटनामा परेको छ।
  • कोशी प्रदेशका चारजना प्रदेशसभा सदस्य सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको हो।
  • झापाबाट विराटनगरतर्फ गुडिरहेको गाडी विपरीत दिशाबाट आएको कारसँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

५ जेठ, इटहरी ।

मोरङमा कोशी प्रदेशका चारजना सांसद सवार गाडी दुर्घटनामा परेको छ। कोशी प्रदेशका चारजना प्रदेशसभा सदस्य सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको हो। झापाबाट विराटनगरतर्फ गुडिरहेको गाडी विपरीत दिशाबाट आएको कारसँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा परेको गाडीमा प्रदेशसभा सदस्य नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ र विद्या चाम्लिङ चढेका थिए। सांसद चढेको  बीएई १४०६ नम्बरको गाडीलाई बा ५ च ३५२० नम्बरको रातो कारले ठक्कर दिएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। सांसद मैया श्रेष्ठ नेपाली कांग्रेसकी सांसद हुन्। राधाकृष्ण खनाल एमालेका सांसद हुन् भने नम्बरलाल धिमाल झापाकै एमालेबाट समानुपातिक सांसद हुन्। विद्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा
जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो
तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते
तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते
भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने
हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
कास्कीमा डेङ्गीबाट तीन जनाको मृत्यु, ३७ सयबढी सङ्क्रमित
कास्कीमा डेङ्गीबाट तीन जनाको मृत्यु, ३७ सयबढी सङ्क्रमित
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?