२६ जेष्ठ २०८२, आईतवार

नेपाललाई दोस्रो सफलता, मलेसियाको दुई विकेट गयो

१४ कार्तिक, काठमाडौं–मलेसियाको दोस्रो विकेट गएको छ। सन्दीप लामिछानेको बलमा अहमद फैज रन आउट भए। ४ बलमा ३ बनाएर उनी रनआउट भए। विकेट किपर आशिफ खेशले उनलाई रनआउट गराए।

यसअघि अभिनाश बोहराले मलेसियाको पहिलो विकेट लिएका थिए। १६ बलमा २४ रन बनाएका जुबैदी जुल्किफ्ललाई बोहराले कुशल मल्लको हातबाट क्याचआउट गराए। आईसीसी टी–२० विश्वकप २०२४ को छनौटमा अहिले मलेसिया २ विकेट गुमाएर खेलिरहेको छ। मलेसिया ७ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएर खेलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?