Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
४८ पटक हेरिएको
Shares
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु

सारांश

  • युक्रेनमा रुसले पुन: आक्रमण गरेको छ ।
  • आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको बीबीसीले लेखेको छ ।
  • रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुवाहक बसलाई लक्षित गरी आज ड्रोन आक्रमण गरेको हो ।

 

३ जेठ, काठमाडौं ।

युक्रेनमा रुसले पुन: आक्रमण गरेको छ । आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको बीबीसीले लेखेको छ । रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुवाहक बसलाई लक्षित गरी आज ड्रोन आक्रमण गरेको हो । सुमी क्षेत्रीय सैन्य प्रशासनका अनुसार उक्त मिनीबस बिलोपिलिया सहरबाट सुमी क्षेत्रीय राजधानीतर्फ गइरहेको थियो । त्यसै बेला रूसी ल्यान्सेट ड्रोनले हमला गरेको हो ।

घटनास्थल रुसको सीमावर्ती क्षेत्रसँग नजिक छ । यो हमला रूस र युक्रेनबीच सन् २०२२ यता पहिलो पटक भएको सीधा वार्ताको केही घण्टापछि भएको हो । युक्रेनले उक्त आक्रमणलाई ‘निरङ्कुश युद्ध अपराध’ भनेको छ । ‘रूसी सेनाले फेरि एकपटक नागरिकमाथि हमला गरेको छ, जसले अन्तर्राष्ट्रिय कानुन र मानवताको सम्पूर्ण मापदण्डलाई तोडेको छ’, युक्रेनको प्रतिक्रिया छ । रूसले भने यस घटनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि सरकारी सञ्चार माध्यमहरूले सुमीमा रहेको सैन्य क्षेत्रलाई लक्षित गरिएको दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
पर्सामा २०७ किलो गाँजासहित चालक पक्राउ
पर्सामा २०७ किलो गाँजासहित चालक पक्राउ
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
उपसभामुख राना चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्किइन्
उपसभामुख राना चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्किइन्
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
जिपको ठक्करबाट चितवनमा एक जनाको मृ*त्यु
जिपको ठक्करबाट चितवनमा एक जनाको मृ*त्यु
बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु
बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु