मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
३८ पटक हेरिएको
Shares
मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन

सारांश

  • नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ ।
  • उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो ।
  • उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेका बताउनुभयो ।

२ जेठ, पर्सा ।

नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो । उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेका बताउनुभयो ।

कार्यालयले सोही अवधिमा रु दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै रु ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म रु एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव
आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
६५ लाख नगदसहित पलेशालाई सरकारले गर्‍यो सम्मान
६५ लाख नगदसहित पलेशालाई सरकारले गर्‍यो सम्मान
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
जाजरकोटमा बिहान फेरि अर्को भूकम्प
जाजरकोटमा बिहान फेरि अर्को भूकम्प
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा