घट्यो नेप्से, सात अर्ब आठ करोडको कारोबार
१ जेठ, काठमाडौं ।
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ८.४१ अंक घटेर २,६११.८५ विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक र कारोबार रकममा गिरावट आएको छ । आज सात अर्ब आठ करोड ३३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार आठ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।आज ८२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।
यस्तै, १६४ कम्पनीको सेयर मूल्य घटेको छ ।माउन्टेन इनर्जी नेपालको सेयर मूल्य स्थिर छ । आज ओम मोगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.६५ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ होटेल तथा पर्यटन समूहको ४.९१ प्रतिशत, म्युचुअफ फन्डको ०.२७ प्रतिशत र व्यापार समूहको परिसूचक ०.७० प्रतिशतले बढेको छ ।
Post Comment