ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ११, २०८०
|
|
३० पटक हेरिएको
Shares
ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ

सारांश

  •   वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको बसबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
  • लागूऔषधसहित पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ घर भएका ४० वर्षिय रबिन्द्र केसी  रहेका छन्।
  • उनको साथबाट नेपालमा प्रतिबन्धित लागूऔषध फेनारगन ३ सय पिस, डाइजापाम ३ सय  पिस र नुरफिन ३ सय पिस गरी ९ सय पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

११ कार्तिक, वीरगन्ज ।  वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको बसबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

लागूऔषधसहित पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ घर भएका ४० वर्षिय रबिन्द्र केसी  रहेका छन्। उनको साथबाट नेपालमा प्रतिबन्धित लागूऔषध फेनारगन ३ सय पिस, डाइजापाम ३ सय  पिस र नुरफिन ३ सय पिस गरी ९ सय पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार वीरगन्जबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ९६२६ नम्बरको यात्रुवाहक बस प्रहरीले परवानीपुरमा रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा केसीले बसका चालक बस्ने सिटमुनि लुकाएर राखेको सेतो झोलबाट ती लागूऔषध बरामद भएको थापाले जानकारी दिए।  लागूऔषधसहित पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
सिरहामा करेन्ट लागेर शिक्षकको मृ*त्यु
सिरहामा करेन्ट लागेर शिक्षकको मृ*त्यु
सस्तोमा ल्यापटप मिलाइदिने भन्दै  २७ लाखभन्दा बढी ठगी गर्ने  व्यक्तिहरु पक्राउ
सस्तोमा ल्यापटप मिलाइदिने भन्दै २७ लाखभन्दा बढी ठगी गर्ने व्यक्तिहरु पक्राउ
सासूको हत्या आरोपमा बुहारी पक्राउ
पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने
पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने
पूर्वराजालाई समितिको बैठकमा किन बोलाउन मिल्दैन ? वरिष्ठ अधिवक्ता भट्टराईले दिए ४ कारण
पूर्वराजालाई समितिको बैठकमा किन बोलाउन मिल्दैन ? वरिष्ठ अधिवक्ता भट्टराईले दिए ४ कारण
धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति
धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल
कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल