शिक्षक सेवा र निजामती सेवा ऐन छिट्टै पारित गर्छौं : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
शिक्षक सेवा र निजामती सेवा ऐन छिट्टै पारित गर्छौं : गृहमन्त्री

सारांश

  • एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा  प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिए।
  • गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सातवटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले सङ्घीयताको अभ्यासमा मद्दत पुगेको बताए।
  • उनले यस्तो गोदामघर पालिका तहमा पनि राख्नुपर्ने भन्दै आपत्को समयमा यसमा भण्डारणका रुपमा रहेको सामग्रीले जनतालाई राहत पुग्ने विश्वास व्यक्त गरे।

३० वैशाख, विराटनगर :

गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताएका छन्। एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा  प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिए।

गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सातवटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले सङ्घीयताको अभ्यासमा मद्दत पुगेको बताए। उनले यस्तो गोदामघर पालिका तहमा पनि राख्नुपर्ने भन्दै आपत्को समयमा यसमा भण्डारणका रुपमा रहेको सामग्रीले जनतालाई राहत पुग्ने विश्वास व्यक्त गरे। सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको उल्लेख गर्दै उनले सरकारले छिट्टै नै शिक्षक सेवा ऐन,निजामती सेवा ऐन पारित गर्ने जानकारी दिए। गृहमन्त्री लेखकले सरकारले सुशासनमार्फत् जनतामा आशा जगाएको जिकिर गर्दै सरकार स्थायित्वको सन्देश पनि जनतामा दिएको बताए।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले सरकारबाट प्रदेश सरकारले क्रमशः अधिकार प्राप्त गरिरहेको तथा प्रदेश सरकारले यातायातका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको जानकारी दिए ।

उनले प्रदेश सरकारलाई सङ्घीय मातहतमा रहेका सुरक्षाकर्मीबाट सहयोग प्राप्त भइरहेको बताए । कोशी प्रदेश सरकारले संविधान र कानुनबाहिर गएर कुनै पनि काम नगर्ने बताए । विपद्का क्षेत्रमा प्रदेश सरकारले उल्लेख्य काम गरेको स्मरण गराउँदै उनले जनतालाई सुरक्षित बनाउने अनुभूतिका साथ काम गरिरहेको स्पष्ट पारे। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले तत्काल विपद्लाई सामना गर्न गृहमन्त्रालयबाट प्राप्त भएको सामग्रीबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्टले आफ्नो धारणा राखेका थिए। कोशीका मुख्यमन्त्री कार्की र गृहमन्त्री लेखकले हस्तान्तरण कागजातमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
आजदेखि एसइई परीक्षा
आजदेखि एसइई परीक्षा
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
रवि लामिछानेलाई थप ७ दिनसम्म हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ७ दिनसम्म हिरासतमा राख्न अनुमति