१० श्रावण २०८२, शुक्रबार

घाँस काट्न गएकी एक महिलाको मृ*त्यु

 

२६ वैशाख,  बाजुरा ।

बाजुरामा घाँस काट्न वनमा गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–७ सेरकाटियाकी अदाजी ५० वर्षीया काली जोशी हुनुहुन्छ ।जोशी बिहान घरमाथि वनमा घाँस काटिरहेको बेलामा घाइते अवस्थामा फेला पर्नुभएको थियो । घाइते जोशीको कोल्टी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जोशीको छातीमा ठुलो घाउका कारण अत्याधिक रक्तश्राप हुँदा उहाँको मृत्यु भएको कोल्टी अस्पतालका डा. रञ्जित शाहले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारीले घटनाबारे थप जानकारी दिन प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?