२६ जेष्ठ २०८२, आईतवार

राष्ट्रियसभाको बैठक कार्तिक १४ मा बस्ने

१० कार्तिक, काठमाडौँ ।  राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गर्नुभएको राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ । यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0