यातायात व्यवस्था कार्यालयद्वारा साठी करोड राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
यातायात व्यवस्था कार्यालयद्वारा साठी करोड राजस्व सङ्कलन

सारांश

  •   यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा रु ६० करोड ९० लाख राजस्व सङ्कलन गरेको छ ।
  • यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ४५ करोड ७५ लाख ७३ हजार र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार राजस्व सङ्कलन गरिएको छ ।
  • त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १० लाख ५६ हजार, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको) बाट रु ९० लाख ७८ हजार तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।

२६ वैशाख, कैलाली । 

यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा रु ६० करोड ९० लाख राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ४५ करोड ७५ लाख ७३ हजार र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार राजस्व सङ्कलन गरिएको छ । त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १० लाख ५६ हजार, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको) बाट रु ९० लाख ७८ हजार तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयको बेरुजु रकम भने शून्य रहेको तथ्याङ्कमा उल्लेख छ । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्ममा विभिन्न राजस्व शीर्षकबाट जम्मा रु ५६ करोड २८ लाख ९२ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयको चालु आर्थिक वर्षको वैशाख र अघिल्लो आर्थिक वर्षको वैशाख महिनासम्मको राजस्व सङ्कलनको तथ्याङ्कलाई तुलना गर्दा चालु आर्थिक वर्षमा रु चार करोड ६१ लाख बढी राजस्व सङ्कलन भएको छ । कार्यालयले अघिल्लो आव २०८०/८१ मा विभिन्न राजस्व शीर्षकबाट रु ६५ करोड ३१ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो । चालू आवको बेरुजु रकम रु एक लाख १९ हजार रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
पाकिस्तानका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाए
पाकिस्तानका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाए
प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
क्यानडामाथि नेपालको रोमाञ्चक जित
क्यानडामाथि नेपालको रोमाञ्चक जित
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला
कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला
माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन
माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन