सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
५५ पटक हेरिएको
Shares
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द

सारांश

  • थाइल्याण्डमा शुक्रबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको छ ।
  • नेपाल र हङकङबीच बैंककस्थित टेक्नोलोजी ग्राउण्डमा विहान सवा ८ बजेदेखि सुरु हुने तय भएपनि खराब मौसमसँगै भिजेको मैदानका कारण टस नै नभइकन खेल रद्द भएको हो ।
  • गएराति भएको वर्षाका कारण वेट आउटफिल्ड रहेको थियो र टस पनि समयमा हुन सकेको थिएन ।

 

२६ वैशाख, काठमाडौं ।

थाइल्याण्डमा शुक्रबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको छ । नेपाल र हङकङबीच बैंककस्थित टेक्नोलोजी ग्राउण्डमा विहान सवा ८ बजेदेखि सुरु हुने तय भएपनि खराब मौसमसँगै भिजेको मैदानका कारण टस नै नभइकन खेल रद्द भएको हो ।

गएराति भएको वर्षाका कारण वेट आउटफिल्ड रहेको थियो र टस पनि समयमा हुन सकेको थिएन । वर्षाकै पनि पुर्वानुमान रहेको अवस्थामा मैदान पनि तयार नभएपछि खेल रद्द भयो । नेपालले दोस्रो खेलमा भोलि शनिबार बहराइनसँग खेल्ने छ । उक्त खेल तेरथाइ क्रिकेट मैदानमा हुनेछ । आजै भएको पहिलो खेलमा थाइल्याण्डले कुवेतलाई हराएको छ । ९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ । लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
फ्लाई दुबई घटना : च*क्कु प्रहारबाट घाइते पाइलट स्मितको स्वास्थ्य अवस्था स्थिर
फ्लाई दुबई घटना : च*क्कु प्रहारबाट घाइते पाइलट स्मितको स्वास्थ्य अवस्था स्थिर
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
चितवनमा रास्वपाकाे हामी आयौं परिर्वतन उद्घोष सभा
चितवनमा रास्वपाकाे हामी आयौं परिर्वतन उद्घोष सभा
प्रधानसेनापति भारत भ्रमणमा जाँदै
प्रधानसेनापति भारत भ्रमणमा जाँदै