२६ जेष्ठ २०८२, आईतवार

अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह

 

२५ वैशाख, काठमाडौं– ‘

अपरेशन सिन्दुर’ नामक सैन्य कारवाहीका क्रममा पाकिस्तानमा १ सयभन्दा धेरै आतंककारी मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् । राजधानी नयाँ दिल्लीमा आयोजित सर्वदलीय बैठकमा मन्त्री सिंहले यस्तो जानकारी दिएका हुन् ।

उनले सैन्य कारवाही अझै जारी रहेको बताउँदै यसबारे थप विवरण दिन नसकिने स्पष्ट पारे । उनले तनावलाई अझ बढाउने भारतको उद्देश्य नरहेको पनि बताएका छन् । भारत सरकारका युनियनमन्त्री किरण रिजिजुले बैठकमा सहभागी सबै राजनीतिक दलले सरकारको समर्थन गरेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?