प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् ।
  • आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् ।
  • तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए ।

२५ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् । तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए ।

‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरी घाउ भएर, भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ । पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ?’ उनले निष्कर्ष सुनाए, ‘मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।’ एमाले अध्यक्ष समेत रहेका ओलीको मिर्गौला फेल भएपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।  उनले हरेकले स्वास्थ्य जोगाउन कोसिस गर्नुपर्ने सल्लाह पनि दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
बैतडीमा रेबिजविरुद्ध खोप अभाव
बैतडीमा रेबिजविरुद्ध खोप अभाव
गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग
गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ, १६ जना हिरासतमै
चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ, १६ जना हिरासतमै