२६ जेष्ठ २०८२, आईतवार

मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृ*त्यु

 

२४ वैशाख, हेटौँडा ।

मकवानपुरमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका १ दलसंह बस्ने ६० वर्षीया रविमाया भमजनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मङ्गलबार राति ८ बजे सामान किन्न पसल गएकी रविमाया बुधबार बिहानसम्म पनि घर नआएपछि खोजी गरिएको थियो ।

गाउँलेले खोजतलास गर्दै जाँदा उनी बिहान १० बजेको समयमा भीरखर्कको बाटोबाट अन्दाजी ३०० मिटर तल लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठसहित अस्थायी प्रहरी पोस्ट मार्खु र इलाका प्रहरी कार्यालय पालुङको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाल मृतकको शव निकाल्ने पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?