विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यार्थी संघ/संगठनहरुले सामाजिक जागरण र स्वास्थ्य सचेतनाका मुद्दालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।
  • बेथिति अन्त्य र समाज सुधारका निम्ति विद्यार्थीहरुले साझा मुद्दा निर्माण गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
  • पूर्व विद्यार्थी नेतासमेत रहेका मन्त्री पौडेलले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘निर्वाचनमा प्रतिस्पर्धा विद्यार्थी संगठनले विद्यार्थी संगठनसँग नै गर्ने हो, तर निर्वाचनभन्दा अगाडि विद्यार्थीहरुले साझा मुद्दा निर्माण गरेर सँगसँगै जाने परिस्थिति बनाउन सक्नुपर्छ ।

२४ वैशाख, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यार्थी संघ/संगठनहरुले सामाजिक जागरण र स्वास्थ्य सचेतनाका मुद्दालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । बेथिति अन्त्य र समाज सुधारका निम्ति विद्यार्थीहरुले साझा मुद्दा निर्माण गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । पूर्व विद्यार्थी नेतासमेत रहेका मन्त्री पौडेलले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘निर्वाचनमा प्रतिस्पर्धा विद्यार्थी संगठनले विद्यार्थी संगठनसँग नै गर्ने हो, तर निर्वाचनभन्दा अगाडि विद्यार्थीहरुले साझा मुद्दा निर्माण गरेर सँगसँगै जाने परिस्थिति बनाउन सक्नुपर्छ ।’

विगतका राजनीतिक आन्दोलनमा विद्यार्थी संघ संगठनहरुले सँगसँगै अघि बढ्दा उपलब्धि हासिल गरेको बताउँदै उनले आपसी एकतामा जोड दिए । ‘वर्गीय मुद्दा प्राप्त गर्नका निम्ति, वर्गीय मुद्दा उपलब्धिका रुपमा हासिल गर्नका निम्ति, विद्यार्थी संगठनहरु बीचमा एकता कायम गरेर अगाडि जान सक्नुपर्छ,’ मन्त्री पौडेलले भने, ‘त्यसैले साझा मुद्दा पहिचान गरेर त्यस आधारमा अगाडि जाने स्थिति भयो भने विद्यार्थी आन्दोलनले अहिले पनि राज्यमाथि सकारात्मक हस्तक्षेप गर्न सक्छ ।’

उनले पश्चिमका अंग प्रत्यारोपणको महत्व, थारु समुदायमा सिकलसेल एनिमियाको समस्या न्यूनीकरणका उपाय, रगत अभाव, महँगी, न्याय सम्पादनमा ढिलासुस्ती र परम्परागत रुपमा गलत मान्यताका आधारमा विकसित भएका कतिपय कुरालाई अन्त्यका निम्ति विद्यार्थी आन्दोलन जुरुक्कै उठ्नुपर्ने उनको भनाइ छ ।, आज हामीलाई रगतको अभाव भएको छ । अनि रगतभित्र कुन चिजको कति मात्रा छ त्यो छुट्याउनुपर्ने स्थिति छ । कतिपय ब्लड ग्रुपहरु हामीले प्राप्त गर्न नसक्ने स्थिति बनेको छ । यो पनि विद्यार्थी आन्दोलनको सामाजिक विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ । यस्ता कयौं विषयहरु छन्,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिँदै
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिँदै
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
आज कति छ विदेशी मुद्राको मूल्य?
आज कति छ विदेशी मुद्राको मूल्य?
सिंहदरबारमा योजना आयोगका पदाधिकारी र सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री
सिंहदरबारमा योजना आयोगका पदाधिकारी र सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण