बाढीमा फसेकी महिलाको सकुशल उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
४६ पटक हेरिएको
Shares
बाढीमा फसेकी महिलाको सकुशल उद्धार

सारांश

  •   सिरहाको मिर्चैया नगरपालिका–५ स्थित बतहा खोलामा आएको बाढीमा फस्नुभएकी एक वृद्ध महिलाको सकुशल उद्धार गरिएको छ।
  • इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोली र स्थानीयको सहयोगमा बाढीमा फस्नुभएकी ६० वर्षीया रामदुलारी ठाकुरको आज उद्धार गरिएको वडाध्यक्ष प्रदीपकुमार साहले जानकारी दिए।
  • ‘खेतमा भएको बाली हेर्न जाने क्रममा खोलाको बीच भागमा पुगेर उहाँ फस्नुभएको रहेछ।

२३ वैशाख, सिरहा । 

सिरहाको मिर्चैया नगरपालिका–५ स्थित बतहा खोलामा आएको बाढीमा फस्नुभएकी एक वृद्ध महिलाको सकुशल उद्धार गरिएको छ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोली र स्थानीयको सहयोगमा बाढीमा फस्नुभएकी ६० वर्षीया रामदुलारी ठाकुरको आज उद्धार गरिएको वडाध्यक्ष प्रदीपकुमार साहले जानकारी दिए।

‘खेतमा भएको बाली हेर्न जाने क्रममा खोलाको बीच भागमा पुगेर उहाँ फस्नुभएको रहेछ। खबर पाउनासाथ इलाका प्रहरी कार्यालयको टोली र स्थानीय मिलेर करिब दुई घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको हो’ उनले भने। अध्यक्ष साहका अनुसार यस स्थानमा पुल निर्माणाधीन अवस्थामा छ। उक्त पुल समयमै सम्पन्न नहुँदा वर्षामा स्थानीयलाई आउजाउ गर्न समस्या हुँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै
पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप
पूर्वडीआईजी छविलाल जोशी काठमाडाैंबाट पक्राउ
पूर्वडीआईजी छविलाल जोशी काठमाडाैंबाट पक्राउ
राति यात्रा नगर्न सडक विभागको अनुरोध
राति यात्रा नगर्न सडक विभागको अनुरोध
त्रिशूलीमा खस्यो ट्रक : चालकको मृत्यु, सहचालक घाइते
त्रिशूलीमा खस्यो ट्रक : चालकको मृत्यु, सहचालक घाइते
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने
मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने
बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर
बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर