प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
६४ पटक हेरिएको
Shares
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग

सारांश

  • भारतको ओडिसा राज्यस्थित कीट (KIIT) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको दुःखद र शंकास्पद निधनप्रति गहिरो शोक व्यक्त गर्दै काठमाण्डौस्थित माइतीघर मण्डलामा शुक्रबार साँझ श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
  • कार्यक्रममा सहभागी विद्यार्थी, मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले “न्याय दे, ढिलाइ नगर”, “नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर”, “Justice Delayed is Justice Denied” लगायतका नारा लगाउँदै घटनाको यथाशीघ्र निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।
  • प्रिसा साहको अप्रत्याशित निधनले नेपाली समुदायमा गहिरो स्तब्धता छाएको छ।

२१ वैशाख , काठमाडौं ।

भारतको ओडिसा राज्यस्थित कीट (KIIT) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको दुःखद र शंकास्पद निधनप्रति गहिरो शोक व्यक्त गर्दै काठमाण्डौस्थित माइतीघर मण्डलामा शुक्रबार साँझ श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी विद्यार्थी, मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले “न्याय दे, ढिलाइ नगर”, “नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर”, “Justice Delayed is Justice Denied” लगायतका नारा लगाउँदै घटनाको यथाशीघ्र निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका थिए। प्रिसा साहको अप्रत्याशित निधनले नेपाली समुदायमा गहिरो स्तब्धता छाएको छ। उपस्थित वक्ताहरूले शोकमा डुबेका परिवारप्रति

समवेदना व्यक्त गर्दै, भारतमा अध्ययनरत हजारौं नेपाली विद्यार्थीको सुरक्षाका विषयमा सरकार र सम्बन्धित निकायहरू अझ जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममार्फत भारतस्थित नेपाली दूतावास र नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने तयारी पनि गरिएको आयोजकले जनाएका छन्। ज्ञापनमा घटनाको यथार्थ पत्ता लगाउने, पीडित परिवारलाई न्याय दिलाउने तथा आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन प्रभावकारी नीति तथा संयन्त्र निर्माण गर्न आग्रह गरिएको छ। दीप प्रज्वलन गर्दै सहभागीहरूले मौनधारण गर्दै प्रिसाको आत्माको चिरशान्तिको कामना गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
आजको मौसम: मुलुकभर तापक्रम घट्ने क्रम जारी
आजको मौसम: मुलुकभर तापक्रम घट्ने क्रम जारी
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
शीतल निवासबाट बाहिरिए प्रधानसेनापति
शीतल निवासबाट बाहिरिए प्रधानसेनापति