युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
२० वैशाख, काठमाडौं ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १ घर भएका २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटस्थित सडकबाट भारतरतर्फ जान लागेका तामाङ र एक युवतीलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा तामाङले ती युवतीलाई वीरगञ्जस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment